Section 12
निरीक्षक सम्बन्धी व्यवस्था
: (१) कसैले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपान वा सूर्ति सेवन गरे वा नगरेको वा उत्पादक वा व्यवस्थापकले यस ऐन बमोजिम गर्नु पर्ने कुराहरु पूरा गरे वा नगरेको सम्बन्धमा निरीक्षण गर्ने काम समेतको लागि नेपाल सरकारले नेपाल सरकारको कुनै अधिकृत कर्मचारीलाई निरीक्षकको रुपमा तोक्न सक्नेछ ।
(२) निरीक्षकले वर्षभरिमा आपूmद्वारा गरिएको कामको विवरण मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(३) यस ऐनमा लेखिएदेखि बाहेक निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।